Sunday, August 1, 2021

१६ लाख डोज खोप नेपाललाई सहयोग गर्ने जापानकाे घोषणा

काठमाडौं – जापान सरकारले नेपाललाई कोभिड १९ बिरुद्दको खोप सहयोग गर्ने भएको छ । जापान सरकारले नेपाललाई करिब १६ लाख डोज कोभिड बिरुद्दको खोप सहयोग बापत उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार कोभ्याक्स अन्तर्गत जापानले आफुले बनाएको अस्ट्राजेनीका नामको १६ लाख डोज नेपाललाई उपलब्ध गराउने भएको हो । जापानका परराष्ट्र मन्त्री तोषीमित्सु मोटेजीले नेपाललाई कोभ्याक्स अन्तर्गत खोप उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उक्त खोप मध्य जुलाई देखि अगष्ट महिनाभित्र नेपाल आइपुग्ने जनाईएको छ । नेपाललाई खोप उपलब्ध गराउने जापान सरकारको निर्णयलाई नेपाल सरकारले स्वागत गर्दै धन्यबाद व्यक्त गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं