Sunday, August 1, 2021

नयाँ सरकार ओली प्रवृत्तिको विकल्प बन्नुपर्छ : नेता पौडेल


काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवा नेतृत्वको सरकार आम नागरिकमा आशा जगाउनका लागि नयाँ सरकार केपी ओली प्रवृतिको विकल्प बन्नुपर्ने बताएकाछन् ।

सामाजिक संजालमा उनले लेखेकाछन्, ‘आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टीले अबको सरकार ओली प्रवृतिको विकल्प बन्नुपर्छ ।’

भ्रष्टचारलाई शुन्यसहनशिलतामा लैजान पनि वर्तमान सरकार सबल बन्नुपर्छ । भ्रष्टचारको निष्पक्ष छानविनका लागि अख्तियारलाई ओली सरकारले बनाएको सरकारी छाँयाबाट मुक्त गराउनुपर्ने उनको राय छ ।

‘अबको सरकारले ओली सरकारले गरेको असंवैधानिक नियुक्तीको खारेजी, लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने अध्यादेश तथा कानुनहरुको खारेजीको काम तत्काल थाल्नुपर्छ ’ उनको सुझाव छ, ‘सरकारलाई अब साँच्चै समाजवादी चरित्रको बनाउनका लागि आम नागरिकका समस्यालाई सम्बोधन गर्ने काम सरकारले फटाफट गर्नुपर्छ । संविधानसभाबाट बनेको संविधानले नागरिकलाई दिएका अधिकारहरु कार्यान्वयन गर्ने दिशामा सरकार अगाडि बढ्नुपर्छ ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं