Wednesday, August 4, 2021

सपथको क्रममा सच्चाइयोे प्रधानमन्त्रीको नियुक्ति, सार्वजनिक सूचनामा पुरानै

काठमाडौं– सर्वोच्चको फैसला पछि प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सपथ लिँदा भने निकै ढिला भयो ।

साँझ ६ बजे भनिएको सपथ सवा ८ मा पुग्यो । सोमबार सर्वोच्च अदालतले २९ गते संसद पुर्नस्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको समर्थन जुटाएका देउवालाई साँझ ५ बजेसम्म नियुक्त गर्न परमादेश दिएको थियो ।

तर नियुक्ति दिँदा ‘ श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’ भनियो ।

यो नियुक्तिको सूचना ग्रहण गर्न अस्वीकार गरेका प्रधानमन्त्री देउवाल धारा उल्लेख गर्ने अडान लिए शपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको फैसला र संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको व्यहोरा पढेर सुनाइन् ।

तर सच्चिएको भनिएको नियुक्ति राष्ट्रपति कार्यालयको वेवसाइटमा राखिएको छैन । वेवसाइटमा अहिले पनि सर्वोच्चको फैसला भनेर लेखिएको नियुक्ति मात्र छ ।

हेर्नुस् वेवसाइटको लिंक……

Leave a Reply

ताजा खबर

यो पनि पढौं