Sunday, July 25, 2021

प्रधानमन्त्री देउवासँगै चारमन्त्रीले लिए सपथ

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका पछि नियुक्ति पत्रमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

देउवासँगै चार जना मन्त्रीले पनि आजै सपथ लिएकाछन् । कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बनेका हुन् । खाँण गृहमन्त्री र कार्की कानुनमन्त्री बनेकाछन् ।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसालले सपथ लिएका छन् । उनीहरू क्रमश अर्थ र ऊर्जामन्त्री बनेकाछन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं