Saturday, July 24, 2021

अझै सच्चिएन नियुक्ति

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नभएपछि भएको विवादले शपथ ग्रहण नै सुरू हुन सकेको छैन ।

साँझ ६ बजेका लागि निर्धारण गरिएको शपथ ग्रहण राति ८ बज्दा समेत सुरु नभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको आदेशअनुसार नियुक्त गरेको भन्ने भाषा उल्लेख गरेपछि देउवाले भाषा सच्याउन माग गर्दै शपथ लिन अस्वीकार गरेका छन् भने उता राष्ट्रपतिले सच्याउन आनाकानी गरेकी छिन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं