Monday, August 2, 2021

नवनियुक्त प्रधानमन्त्री देउवासँगै कांग्रेस र माओवादी केन्द्रका दुई-दुई मन्त्री

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली कांग्रेस र माओवादी केन्द्रका दुई/दुई जना मन्त्री लैजाने तयारी गरेका छन् ।

उनले कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेकाछन् ।

उनले खाँणलाई गृहमन्त्री बनाउने र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको बुझिएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेता पम्फा भुसाललाई सरकारमा लैजाँदै छन् । उनीहरूलाई क्रमश अर्थ र ऊर्जा मन्त्री बनाइने स्रोतले जानकारी दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं