Wednesday, August 4, 2021

‘सर्वाेच्चको फैसलाका असर लामो समयसम्म रहिरहने छ’ :प्रधामन्त्री ओली


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताउनुभएको छ ।

सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै उनले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुप¥यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’

उनले सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको भन्दै देश र जनताप्रति इमान्दारिताका साथ समृद्धि, सुशासन, विकासलाई ध्यान राखेर काम गरेको बताए ।

उनले सर्वाेच्चले धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला गरेको भन्दै यसलाई राजनीतिक विकृतिको भएको बताए । उनले प्रतिनिधिसभा पुनःस्थापना गर्दै सर्वाेच्च अदालतले गरेको फैसलाको भाषाले चिन्तित तुल्याएको बताए । उनले भने, ‘सर्वाेच्चको फैसलाका असर लामो समयसम्म रहिरहने छ’ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं