Sunday, August 1, 2021

काठमाडौंमा साउन १० देखि जोन्सन एन्ड जोन्सनको खोप लगाउन पाइने, क–कसले लगाउन पाइन्छ खोप ?

काठमाडौं–अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।

कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४–६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

काठमाडौंको हकमा थप २५ ठाउँमा खोप केन्द्र संचालन गर्न सकिने सूचनामा उल्लेख छ ।

खोप लगाउन क–कसले पाउँछन् :
– ५० देखि ५४ वर्षका सबै खोप लगाउन बाँकी नागरिकहरू
– पूर्ण र अति अशक्त (वर्ग क र ख ) भएका नागरिकहरू
– हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू
– खोप लगाउन छुट भएका स्वास्थ्यमा कार्यरत स्वास्थ्य तथा सरसफाईकर्मीहरू

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं