Sunday, August 1, 2021

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ । अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।

जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार अब सो अस्पताल ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । अस्पताल नेपालको शेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको उनले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं