Sunday, July 25, 2021

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। यो सँगै देउवा पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका हुन् ।

यसअघि सोमबार सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै शपथ ग्रहण गर्ने तयारी छ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं