Wednesday, August 4, 2021

हिमाली जिल्ला मुगुमा सर्वोच्चको फैसलाको खुसी

मुगु –सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको पक्षमा फैसला आएको भन्दै मुगुको गमगढीमा दीप प्रज्वलन गरेर स्वागत गरिएको छ ।

मुगुको गमगढि बजारमा पाँच विद्यार्थी संगठनको आयोजनामा सोमबार बेलुका दीप प्रज्वलन गरिएको थियो । मुगु कांग्रेसका नेता हस्त बहादुर मल्लबाट दीप प्रज्वलन कार्यक्रमको सुरूवात गरेका थिए । सदरमुकामको कृष्णचोक लगायत बजार क्षेत्रमा दीप प्रज्वलन गरि स्वागत गरिएको थियो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ कर्णाली प्रदेश काठमाडौ सम्पर्क समितिका सभापति धर्म बहादुर शाहिले सर्वोच्च अदालतले लोकतन्त्र र संविधान लाई जोगाएको भन्दै नेपाल विद्यार्थीसँग सदैव यस्ता विषयमा चनाखो रही देशलाई सही दिशामा लैजान सक्रिय रहने बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं