Sunday, August 1, 2021

देउवाले अझै पाएनन् निम्तो, ओलीको सम्बोधन पछि राजीनामा आउने संभावना


काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आज साँझ ५ बजेसम्मको लागि समय दिएको छ ।

देउवा प्रधानमन्त्रीको लागि तयारीका साथ बसेकाछन् । मन्त्री मण्डल निर्माणसम्मको तयारी चलेको छ तर उनले अहिलेसम्म राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र पाएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म राजीनामा समेत दिएका छैनन् । दिउँसो जनताका नाममा सम्बोधन गर्ने तयारी गरेका ओलीले सोही समयमा राजीनामा दिने अनुमान गरिएको छ ।

तथापी ओलीले राजीनामा नदिएकै अवस्थामा पनि देउवालाई प्रधानमन्त्री बन्न नरोकिने कानुनका जानकारहरू बताउँछन् ।

सर्वोच्चले दिएको समय आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ । संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं