Saturday, July 24, 2021

सर्वोच्चको फैसलाको स्वागत गर्दै स्याङ्जामा दीप प्रज्वलन

स्याङ्जा– सर्वोच्च अदालतले आज गरेको फैसलाको स्वागत गर्दै स्याङ्जा गल्याङ्मा दीप प्रज्वलन गरिएको छ । नेपाली कांग्रेस गल्याङ् नगर समितिद्वारा आयोजित दीप प्रज्वलनमा कार्यक्रममा मन्तव्य राख्दै नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयले सर्वोच्च अदालतको प्रयासमा लिक भन्दा बाहिर जान लागेको संविधानको रक्षा भएको बताए ।

‘सर्वोच्च अदालतले पटक पटक जनताको सार्वभौम सत्ता सम्पन्न संसदको विघटन गर्ने ओली सरकारको प्रयासलाई विफल तुल्याई दिएको छ ,जनताको पक्षका विधिको पक्षमा कानुनी शासनको पक्षमा निर्णय गरेको छ ’ उनले भने, ‘यसको स्वागत गर्दै संविधान लिक भन्दा बाहिर जाने प्रयासलाई रोक्ने काम भएको छ, सर्वोच्चको यो प्रयासलाई सम्मान गर्नुपर्छ ।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं