Sunday, July 25, 2021

मंगलबार देखि कोभिड विरूद्धको खोप अभियान

काठमाडौं– सरकारले मंगलबार देखि देशव्यापी कोभिड विरुद्धको खोप अभियान चलाउने भएको छ ।

सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट खोप अभियान चलाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्ता छन् लक्षित समूह :
भेरोसेलको हकमा :
– ५५ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने
– विश्वविद्यालय, विद्यालय का प्राध्यापक, शिक्षक र कर्मचारीहरू
– सार्वजनिक यातयातमा कार्यरत चालक तथा सहचालक
– सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्ति
– खोप अनिवार्य गरेका विदेश जाने व्यक्ति


जोनसन एण्ड जोनसन खोपको हकमा :

– ५० देखि ५४ वर्षका सबै खोप लगाउन बाँकी नागरिकहरू
– पूर्ण र अति अशक्त (वर्ग क र ख ) भएका नागरिकहरू
– हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू
– खोप लगाउन छुट भएका स्वास्थ्यमा कार्यरत स्वास्थ्य तथा सरसफाईकर्मीहरू

Leave a Reply

ताजा खबर

यो पनि पढौं