थप २३ सय ७० जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । थप २३ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८९ पीसीआर परीक्षण र ३ हजार ८ सय ९५ एन्टिजेन गरी जम्मा ११ हजार ५ सय ८४ परीक्षणमा २३ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ११ सय ३३ रहेको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं