Wednesday, August 4, 2021

‘सर्वोच्चको फैसला कार्यान्वयन हुन्छ, कसैले अस्विकार गरे उही नाङ्गिन्छ’ : प्रचण्ड

काठमाडौं–सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएकाछन् ।

सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिए । उनले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताए ।

उनले भने, ‘संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसिलालाई स्वागत गर्दछु ।’

पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थिति थियो । त्यसकारण यो आम नेपाली जनताको जीतको रुपमा अगाडि आएको मैले देखेको छु । यो इतिहासमै एउटा महत्वपूर्ण परिघटनाका रुपमा भएको छ । इतिहासले यसलाई सम्मान गरिराख्ने छ।’

राजनीतिक दलले संसदमा सल्टाउनुपर्ने विषयलाई पटक पटक अदालतले फैसला गर्ने अभ्यास राम्रो नभएको भन्दै उनले सरकार र संसदको स्थायित्वको लागि दलहरू इमान्दार बन्नुपर्ने बताए ।

उनले यो फैसललाई विगतका कमजोरीलाई सच्चाएर जानको लागि फेरि अवसर प्राप्त भएको बताए ।

उनले सर्वोच्चको फैसला कार्यान्वयन हुने र कसैले यसलाई अस्विकार गरे उही नांगिने बताएका छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं