Wednesday, August 4, 2021

कांग्रेस सभापति देउवाको प्रतिकृया , ‘ फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचायो’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको बताएकाछन् ।

सर्वोच्चको फैसला पछि बुढानिलकण्ठस्थित निवासमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका देउवाले अदालत कसैको धम्कीदेखि नडराउने पनि बताए।

उनले नयाँ सरकार गठनबारे सोधिएको प्रश्नमा ५ दलमा छलफलपछि निर्णय गरिने बताए।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं