Sunday, August 1, 2021

सर्वोच्चको फैसलामा बाबुरामको प्रतिकृया, ‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक हर्कतलाई सर्वोच्च अदालतले रोक्यो ’

काठमाडौं–जनता समाजवादी नेपाल (जसपा)का संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हकर्दलाई सर्वोच्च अदालतले रोकेको बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको प्रतिकृया दिँदै उनले यस्तो बताएका हुन् ।

‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ/धन्यवाद!’ उनले भनेकाछन्, ‘अब कुनै किन्तुु परन्तु गर्ने ठाउँ छैन।संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिउँ, प्रतिगमनकारीलाई दण्डित गरौं!’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं