Wednesday, August 4, 2021

सर्वोच्चको फैसलाको विरोध गर्नेलाई गगनको जवाफ, ‘ भिरबाट खस्नेलाई रामराम’

काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले अदालतको फैसलामा असहमत भएपनि अस्वीकार गर्न नपाइने बताएकाछन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको प्रतिकृया दिँदै उनले यस्तो बताएका हुन् ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।’ उनले भनेकाछन्, ‘उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पु¥याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागरौं। नत्र भिरबाट खस्नेलाई रामराम’

सरकारको नेतृत्व गरेको एमाले समर्थित यूवा तथा विद्यार्थी संगठन फैसलाको विरोध गर्दै आन्दोलित भएकाछन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं