Sunday, July 25, 2021

संवैधानिक इजलासको विवेकपुर्ण फैसला : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको फैसलालाई संवैधानिक इजलासको विवेकपुर्ण फैसला भएको बताएकाछन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको सम्मान गर्दै यस्तो बताएका हुन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम’ उनले भनेकाछन्, ‘केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा आएको छ ।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं