Wednesday, August 4, 2021

बसबाट ओर्लने क्रममा लडेर मृत्यु

काठमाडौं – मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को.१ ख ७८२९ नम्बरको बसबाट ओर्लने क्रममा लडेर आइतबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन कटेल रहेका छन् ।

लडेर गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रूपन्देहीको तिनाउ गाउँपालिका–२ सिस्नेरीस्थित सडकमा लु.२ त २५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खोल्सामा खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ दोभान बस्ने ३८ वर्षीय दुर्गा बहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ट्याक्टरका सहचालकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी महोत्तरी, गौशाला नगरपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार औरही नगरपालिका–४ कबिलासा बस्ने २३ वर्षीया निसा साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्दार कार्य एवम् आवश्यक अनुसन्धान गरिरहेको जाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं