Wednesday, August 4, 2021

सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै धाकधम्की दिने एक जना पक्राउ

मोरङ – सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाक धम्की दिएको अभियोगमा आइतबार साँझ एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका-२ मंगलबारे बस्ने २० वर्षीय मनिष राय रहेका छन् ।

प्रहरीका अनुसार धनपालथान गाउँपालिका-३ मायागञ्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दारुलाई धाक धम्की दिँदै हिँडि रहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं