‘भ्रममा परेर स्वागत गर्न हतार नगरौं’ : नेतृ झाँक्री


काठमाडौं– नेकपा एमालेकी नेतृ राम कुमारी झाँक्रीले कार्यदलको सहमतिलाई भ्रम भएको तर्फ संकेत गरेकी छिन् ।

सोमबार सामाजिक संजालमा सम्झौताबारे चार बुँदे धारणा सार्वजनिक गर्दै झाँक्रीले सहमतिलाई स्वागत गर्न हतारिन नहुने बताएकी हुन् ।

उनले आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक पछि आधिकारिक धारणा आउने भन्दै तत्काल अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने धारणा राखेकी छिन् ।

‘हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ’ उनको भनाइ छ, ‘स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुँदैन, बैठक जाने कुरा हुन्न ।’

उनले कांग्रेस सभापति शेर बहादुर देउवाको समर्थनमा अदालतमा पेश गरिएको रिटबाट फर्किन नसक्ने समेत स्पष्ट पारेकी छिन् ।

‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन’ उनले भनेकी छिन्, ‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।’

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं