अमेरिकाद्धार उपलब्ध १५ लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं – अमेरिकाले उपलब्ध गराएको कोरोनाभाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ । एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप आज काठमाडौं आइपुगेको हो ।

अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

प्राप्त खोप ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं