Sunday, August 1, 2021

अदालतमा रहेको मुद्धाको अपव्याख्या अमान्य : नेता नेपाल

काठमाडौं– नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले पार्टी विवाद समाधानको लागि बनेको कार्यदलको बैठकले गरेको सहमतिको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले गरेको व्याख्या प्रति आक्रोश व्यक्त गरेकाछन् ।

उनले भनेकाछन्, ‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।’

बरिष्ठ नेता नेपालले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको स्पष्ट पारेकाछन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले पार्टीको तर्फबाट देउवाको पक्षमा हस्ताक्षर गर्ने २३ जनाको हस्ताक्षर स्वतः फिर्ता भएको र यसबाट कांग्रेस सभापति शेर बहादुर देउवाको समर्थन १२३ मा झरेको बताएका थिए । उनले सर्वोच्चले परमादेश र पुनःस्थापना दिन नपर्ने समेत जिकिर गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं