Sunday, August 1, 2021

युरोकपको उपाधी इटलीलाई

काठमाडौं–घरेलु मैदानमा इंग्ल्याण्डलाई स्तब्ध पार्दै युरोकपको उपाधि इटलीले लगेको छ ।

५५ वर्षपछि प्रमुख उपाधि उचाल्ने इंग्ल्याण्डको सपना टुटेको छ । निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।

दोस्रो मिनेटमा ल्यूक शको गोलबाट घरेलु टोली इंग्ल्याण्डले अग्रता लियो । तर त्यसपछि इटाली खेलमा फर्कियो । ६७ औँ मिनेटमा लियोनार्दो बोनुचीले इटालीका लागि बराबरी गोल गरे ।

अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि टाइब्रेकरमा गएको खेलमा नतिजा इटालीको पक्षमा गयो ।

इंग्ल्याण्डका पाँच मध्ये तीन पेनाल्टीमा गोल हुन सकने । ह्यारी केन र ह्यारी मागुइरीले मात्रै गोल गर्न सके । इटालीले भने मौकाको फाइदा उठाउँदै चार गोल गर्यो, डोमेनिको बेरार्दी, लियोनार्दो बोनुची र फेदेरिको बेर्नार्देस्कीले टाइब्रेकरमा गोल गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं