Wednesday, August 4, 2021

२० जनाको मृत्यु, थप १८ सय ३१ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट २० जनाको मृत्यु भएको छ । थप १८ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ सय ३५ पीसीआर परीक्षणमा १२ सय ३७ जना र ३६ सय ८३ एन्टिजेन परीक्षणमा ५ सय ९४ गरी १८ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५ सय ३३ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २ सय ६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं