अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

एजेन्सी – अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।

सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन् । उनले कोरोनाभाइरस सम्वन्धी मापदण्डहरुको पालना पनि गरेका उनको सचिवालयले जानकारी दिएको छ । घर भित्र छुट्टै बसेपनि उनले कतिपय काम भने गरेका सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनलाई सङ्क्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ । उनलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ ।

बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बृद्धि भएको छ ।

अहिले दैनिक झण्डै दुई सय जनाको दरले सङ्क्रमितहरुको सङ्ख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । (सिन्ह्वा)

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं