Sunday, July 25, 2021

एमाले छिरेका पूर्व माओवादी नेताको दाबी पुगेन, दल खारेजीको मागको निवेदनै खारेज

काठमाडौं – पार्टी वैधानिकता माथि परेको निवेदनमा निर्णय गर्दै निर्वाचन आयोगले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पक्षमा बैधानिक भएको बताएको छ ।

आयोगको आइतबार बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज समेत गरेको छ ।

आयोगले निवेदनमा दाबी नपुगेको भन्दै थप छलफल गर्नु नपर्ने जनाएको छ ।

सर्वोच्चको फैसला पछि नेकपाबाट एमालेमा गएका पूर्व माओवादीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र खारेजीको माग गरेका थिए । आयोगले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक भएको जनाएको छ ।

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरेका थिए । त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं