बामदेवको प्रधानमन्त्री बन्ने रहर! भने, ‘राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्ने व्यवस्था राखौं’

काठामाडौं–नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था आवश्यक रहेको विचार दोहोराएका छन् ।

राष्ट्रिय सभाको बैठकमा आइतबार बोल्दै उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाबीचको विभेद अन्त्य गर्दै राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्ने व्यवस्था गर्न माग गरेको हुन् । उनी गत वर्ष पनि यही माग गरको कारण चर्चामा आएका थिए ।

संविधानले प्रतिनिधि सभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेको छ। ‘मैले पोहोर साल एउटा विषय उठाएको थिएँ। मलाई प्रधानमन्त्री अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो, मैले मानिनँ, ‘त्यसो भए राष्ट्रिय सभामा उठ्नुस्’ भन्नुभयो, मैले उठ्दिनँ भनें,’ राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै वामदेवले भने,‘किन उठ्नुहुन्न’ भन्नुभयो? मैले भनें–राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचको विभेद अन्त्य गरिदिनुहोस्।’

उनले अहिले नेपालले १७ औं शताब्दीमा निर्माण भएको परम्परालाई थेगिरहेका बताए ।

‘त्यो बेलायतमा निर्माण भएको थियो । एउटा जमिन्दार लर्डलाई माथिल्लो सभा र राज्य संचालन गर्ने गरि तल्लो सभा चाहिएको थियो । त्यसबाट विकसित भएको संसद परम्परा हो ।’ उनले भने, ‘संविधानले तल्लो र माथिल्लो सभा भन्दैन । यसमा सिंगो राष्ट्रको प्रतिनिधित्व गर्छ , राष्ट्रिय सभा स्थायी हो । प्रतिनिधि सभा स्थायी हुन्न , प्रतिनिधि सभा नभएको बेला राष्ट्रिय सभाले काम गर्नुपर्छ ।’

म अझ फेरि पनि उठाउन चाहन्छु– यदि राष्ट्रिय सभाको यो हलले मैले भनेको प्रस्ताव मन्जुर गर्छ भने हामीले आज पास गरौं’, गौतमले भने, ‘प्रधानमन्त्री चयनको अधिकार राष्ट्रिय सभामा हुनेबित्तिकै बजेटसमेत राष्ट्रिय सभामा पेश हुनसक्छ ।’

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं