Saturday, July 24, 2021

सुजिताको शव सेफ्ठी ट्यांकीमा भेटियो

जनकपुरधाम – गत एक महिना देखि हराइरहेकी महोत्तरी लोहरपट्टी नगरपालिका –७ की २६ वर्षीया सुजिता ठाकुरको शव प्रहरीले फेला पारेको छ ।

सेफ्टी ट्यांकीमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो । घर परिवारका सदस्यहरुबाटै उनको गएको जेठ २० गते हत्या भएको प्रहरीले जनाएको छ। हत्या भएको एक महिना भन्दा बढि समयपछि प्रहरीले सुजिताको शव उनकै ससुरा पतिराम ठाकुरको जग्गामा निर्माणाधीन शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको हो।

शव लुकाउन पहिले गाडिएको स्थानबाट निकालेर फेरि सेफ्टी ट्यांकीमा गाडिएको प्रहरीले जनाएको छ।

आफ्नै जग्गामा शव गाडेर त्यसमाथि सेफ्टी ट्यांकी निर्माण गराउन लगाएको र त्यसपछि सिमेन्ट बालुवाले समेत ढलान गरिसकेको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

यसअघि शव फेला परेको स्थानबाट करिब एक किलोमिटरको दूरीमा रहेको खेतमा प्रहरीले उत्खनन् गर्दा सुजिताको शरीरका केही अवशेष फेला फरेको थियो।

असार १३ गते प्रहरीले सुजिताको परिवारको खेतमा उत्खनन् गर्दा कपाल, तन्ना र डोरी फेला पारेको भए पनि पूरै शव भने भेटाउन सकेको थिएन। यस घटनामा प्रहरीले सुजिताका देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरसहित पाँचजनालाई पक्राउ गरेको छ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं