Wednesday, August 4, 2021

एमालेको विरोधका कारण गण्डकीमा प्रदेश सभा बैठक स्थगित

पोखरा–गण्डकी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण स्थगित भएको छ ।

प्रदेश सभामा एमालेले विरोध गरेसँगै सभामुख नेत्र अधिकारीले प्रदेश सभा दिउँसो १ बजेसम्मको लागि स्थगित भएको जानकारी दिए ।

कांग्रेस नेतृत्वको प्रदेश सरकारले रातो किताबमा नभएको योजनामा कार्यकर्ता पोस्न १६ करोड विनियोजन गरेको भन्दै त्यसको छानविन गर्न माग गर्दै एमालेले प्रदेश सभा बैठकमा अवरोध गरेका हुन् ।

गण्डकी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले सभाको सुरुमै छानविन गर्न माग गर्दै विरोध भएको थियो ।

गण्डकी प्रदेश सरकारले आजै अघिल्लो सरकार र आगामी योजनाबारे समेटिएको श्वेतपत्रसमेत जारी गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं