Sunday, August 1, 2021

बृहत् नागरिक आन्दोलनको प्रदर्शनमा प्रहरी हस्ताक्षेप, डेढ दर्जन पक्राउ

काठमाडौं–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियुक्त गरिएका पदाधिकारीलाई पदमुक्तको माग राख्दै प्रदर्शनमा उत्रिएका नागरिक अगुवाहरु सिंहदरबार अगाडीबाट पक्राउ परेका छन् ।

बृहत् नागरिक आन्दोलन अभियानले आइतबार गरेको प्रदर्शनका क्रममा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा लगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको अभियन्ता खगेन्द्र संग्रौलाले बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘विपी अस्पताल धरानलाई भ्रष्टहरूबाट, लोकतन्त्रलाई भष्मासुरबाट जोगाऔँ आन्दोलनमा सिंहदरबार दक्षिण ढेकामा धर्ना दिन जान लाग्दा ओलीराजका कृपाले बीचैमा पक्रेर पुलिस क्लबमा चलमन गराएको अवस्था।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं