Sunday, July 25, 2021

गुप्त नवरात्री आजबाट सुरू, जानौं घटस्थापनाको शुभ महूर्त

एक वर्षमा जाम्मा चार नवरात्री आउँछन् । मुख्य रुपमा चैत्र नवरात्री र शारदीय नवरात्रीका बारेमा सबैले जानेका छौं । तर यी दुई बाहेक अरु पनि दुई नवरात्री छन्, जसमा विशेष कामनाहरूको सिद्धि गरिन्छ । त्यसैले दुई नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । गुप्त नवरात्री यस वर्ष ११ जुलाई अथवा अषाढ २७ आजबाट शुरु हुँदै छ ।

जानौं ज्योतिर्विद करिश्मा कौशिकका अनुसार गुप्त नवरात्रीको महत्व र घटस्थापनाको शुभ महूर्त :

एक वर्षमा चार नवरात्री आउँछन् :
चैत्र नवरात्री र शारदीय नवरात्रीका बरेमा सबैलाई जानकारी हुन्छ तर यी बाहेक माघ गुप्त नवरात्री र आषाढ गुप्त नवरात्री पनि आउँछन् । धेरै कम मानिसलाई यी दुई नवरात्रीका बारेमा जनाकारी छ । अषाढ महिनामा पर्ने नवरात्रीलाई अषाढ गुप्त नवरात्री भनिन्छ । आषाढ शुक्ल पक्षको प्रतिपदा तिथि बाट अषढ गुप्त नवरात्री शुरु हुन्छ । यो वर्ष आषाढ महिनाको गुप्त नवरात्री ११ जुलाई २०२१ अथवा आषाढ २७ गते २०७८ आईतबारबाट शुरु भएर १८ जुलाई २०२१ अथवा २०७८, श्रावण ३ गते आईतबार समाप्त हुनेछ ।

गुप्त नवरात्रीको महत्वः
नवरात्रीको समय दुर्गा माताको पूजा गरिन्छ । चूंकि गुप्त नवरात्री हुनाले यस समय माँ दुर्गाको पूजा गुप्त तरिकाले गरिन्छ । यसबाट विशेष किसिमको इच्छापूर्ति तथा सिद्धि प्राप्त गर्नका लागि पूजा अथवा अनुष्ठान गरिन्छ । गुप्त नवरात्रीमा तंत्रमंत्र र सिद्धि प्राप्त गर्नुको विशेष महत्व हन्छ । यस समय तांत्रिक, साधना तथा अघोरी तंत्रमंत्र र सिद्धि प्राप्त गर्नका लागि माता दुर्गाको साधना गरिन्छ । यस बाहेक, हामी सबै गुप्त नवरात्रीमा माता दुर्गाकी पूजा आराधाना गर्न सक्छौँ । यस समय दुर्गा माताको पूजा गर्नाले हाम्रो जीवनको सबै संकट अथवा समस्या नाश भएर जन्छन् ।

गुप्त नवरात्रीमा यस नियमको पालना गर्नुहोस् :


गुप्त नवरात्रीमा पूजाको समय विशेष कुराको ध्यान राख्नुपर्छ । बिहान र बेलुका नियमित रुपमा दुर्गा माताको पूजा गर्ने र कसैलाई पनि नभनी गुप्तरुपमा माताको पूजा गर्नुपर्छ । गुप्त नवरात्रीमा गुप्तरुपमा दुर्गा माता र उनको अवतारको पूजा गरिन्छ ।

आषाढ गुप्त नवरात्री घटस्थापना महूर्तः


११ जुलाई २०२१ अथवा आषाढ २७, २०७८ आईतबार
घटस्थापना शुभ महूर्तः बिहान ५ बजेर ३१ मिनेट बाट ७ बजेर ४७ सम्म
अभिजित महूर्तः बिहान ११ बजेर ५९ बाट दिउँसो १२ बजेर ५४ मिनेट सम्म


दुर्गा माताको अवतारको पूजा गरिन्छः


गुप्त नवरात्रीको पहिलो दिन माँ कालीको पूजा हुन्छ । यस पछि क्रमशः, तारा देवी, त्रिपुरा संदरी, भुवनेस्वरी, माँ चित्र मस्त र माँ त्रिपुरा भैरवी को पूजा गरिन्छ । माता बाहेक फरक फरक रुप छन् जस्तैः माँ धूवावती, माँ बगलामुखी, माँ मातंगी र माँ देवीको पूजा अन्तिम नवरात्रीको दिन गरिन्छ ।

यसरी गर्नुहोस् दुर्गा माताको पूजाः

गुप्त नवरात्रीको पूजा उसै किसिले गरिन्छ जुन चैत र शारदीय नवरात्रीको समयमा गरिन्छ । बिहान बेलुका पूजा गर्दा बतासेको भोक लगाउँनु आवश्यक पर्छ । यय संगै मातालाई शृंगारका सामान अवश्य चढाउनुपर्छ ।

बिहान र बेलुकाको समयमा दुर्गा सप्तसतीको पाठ अवश्य पनि गर्नुहोस् । ओम दुं दुर्गायै नमःमंत्रको जप गर्नुपर्छ । यसले जीवनको सम्पूर्ण समस्या हटेर जान्छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं