Sunday, August 1, 2021

तीन/तीन विवाह गर्ने बलिउड सेलिब्रेटीहरू

बलिउडका चर्चित नायक अमिर खानले केही दिन अगाडि आफ्नी पत्नी किरन रावसँग सम्बन्धविच्छेद गरेकाछन् । १५ वर्ष लामो विवाह सम्बन्ध टुंगाएका आमिरको किरणसँगको विवाह नै दोस्रो विवाह थियो । उनले किरन भन्दा अगाडि रिना दत्तसँग विवाह गरेका थिए । रिनासँगको सम्बन्ध सन् २००२ मा टुंगिएको थियो । सहजै विवाह सम्बन्धलाई टुंगाउने कल्चर नै बनेको बलिउड फिल्म उद्योगमा तीन र तीन भन्दा बढी विवाह सम्बन्ध कायम गर्ने सेलिव्रेटी पनि छन् । हामी त्यस्ता केही सेलिव्रेटीको बारेमा जानकारी समेटेका छौं ।

सिद्धार्थ रोय कपुर

विद्या बालनका पति हुन् सिद्धार्थ रोय कपुर । विद्यासँगको विवाह सिद्धार्थको तेस्रो विवाह हो । उनले पहिलो विवाह आप्mनो बाल्यकालकी साथी आरती बजाजसँग गरेका थिए । आरतीलाई डिभोर्स दिएपछि सिद्धार्थले टेलिभिजन प्रोडियुसर कवितासँग विवाह गरे तर कविताले सन् २०११ मा सिद्धार्थलाई डिभोर्स दिइन् र अन्तिममा सिद्धार्थले १४ डिसेम्बर २०१२ मा विद्या बालानसँग तेस्रो विवाह गरे ।

महेश भट्ट


आलिया भट्टका बुबा महेश भट्टको पहिलो विवाह लोरेन ब्राईटसँग गरेका थिए । त्यतिबेला महेश मात्र २० वर्षका थिए । बिहेपछि महेशले लोरेनको नाम परिवर्तन गरेर किरन राखिदिए । योसँगसँगै उनको अफेयर प्रविन बाबीसँग पनि थियो । त्यस पछि उनले सोनी राजदानसँग विवाह गरे जसबाट उनका दुई सन्तान छन् ,साइन भट्ट र आलिय भट्ट ।

निलीमा अजिम


शाहिद कपुरकी आमा निलिमा अजिमले पनि अहिलेसम्म तीन विवाह गरेकी छिन् । उनको पहिलो विवाह अभिनेता पंकज कपुरसँग भएको थियो । पंकज कपुर शाहिद कपुरको बुबा हुन् । निलिमाको दोस्रो विवाह राजेश खट्टरसँग भयो । राजेश खट्टरबाट उनलाई एक सन्तान भयो जसको नाम इसान खट्टर हो । राजेश खट्टरसँगको ११ वर्षे वैवाहिक जीवन पछि सन् २००४ मा रजा अलि खानसँंग तेस्रो विवाह गरिन् ।

कमल हसन

कमल हसनको पहिलो विवाह गायिका वाणी गणपतीसँग भएको थियो । जसबाट उनको कुनै सन्तान प्राप्त भएनन् । त्यसपछि उनले दोस्रो विवाह अभिनेत्री सारेकासँग गरे जसबाट उनलाई दुई सन्तान श्रुति हसन र अक्सरा हसन जन्मिए । सन् २००४ मा सारेकासँग डिभोर्सपछि अभिनेत्री गौतमीसँग लिभिङ रिलेसनमा बस्न थाले ।

सुनिधी चौहान

सुनिधीले १८ वर्षकै उमेरमा पहिलो विवाह कोरियोग्राफर बबी खानसँग गरेकी थिइन् । तर एक वर्षको छोटो समयमानै उनीहरूको डिभोर्स भयो । उनले दोस्रो विवाह २०१२ मा हितेश सोलकीसँग गरिन् ।

संजय दत्त

संजय दत्तले पहिलो विवाह ऋचा शर्मासँग सन् १९८७ मा गरेका थिए सन् १९९६ मा ब्रेन टयूमरका कारण ऋचाको मृत्यु भएपछि १९९९ मा उनले रिया पिल्लाइसँग दोस्रोे विवाह गरे । १० वर्षे वैवाहिक जीवन पछि उनले सन् २००८ मा मान्यता दत्तसँग तेस्रो विवाह गरे ।

करण सिंह ग्रोवर

करण सिंह ग्रोवरले पहिलो विवाह श्रद्धा निगमसँग सन् २००८ मा भएको थियो तर एक वर्षको छोटो समयमानै उनीहरूको डिभोर्स भयो । उनले सन् २०१२ मा जेनिफ विन्गेटसँग दोस्रो विवाह गरे । उनको दोस्रो विवाह पनि दुई वर्ष भन्दा बढि टिक्न सकेन । २०१६ मा उनले विपाशा बासुसँग तेस्रो विवाह गरे ।

लक्की अलि

गायक लक्की अलिले एक कार्यक्रममा भनेका थिए कि उनी एकै जना जीवनसाथीसँग जीवन बिताउन सक्दैनन् । लक्कीले पहिलो विवाह न्यूजिल्याण्डकी मोडल मेघन जेनम्यक्लेरीसँग गरेका थिए । जसबाट लक्कीलाई दुई सन्तान छन् । दोस्रो विवाह उनले इनायासँग गरे । जसबाट पनि दुई सन्तान छन् । उनले तेस्रो विवाह ब्रिटिस मोडल केल एलिजाबेथसँग गरे । केलबाट पनि दुई सन्तान जन्मिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं