गण्डकीमा विनाविभागीयले लिए जिम्मेवारी, मुख्यमन्त्रीलाई राहत

काठमाडौं– गण्डकी प्रदेश सरकार दुई बिना विनाविभागीय मन्त्रीले जिम्मेवारी पाएकाछन् । जिम्मेवारी के दिने भन्ने अल्झनमा फसेको प्रदेश सरकारका यी दुई मन्त्रीलै एक महिना पछि जिम्मेवारी पाएको हुन् ।

जिम्मेवारी पाउनेमा जनता समाजवादी पार्टीका (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) छन् ।

जिम्मेवारी अनुसार अर्थ मन्त्रालयको दाबी गर्दै आएका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाएका छन् भने भौतिक पूर्वाधार मन्त्रालयको माग गर्दै आएका मनाङ्गेलाई पुरानै मन्त्रालयमा दोहो¥याएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ

जेठ २९ मा मुख्यमन्त्रीसँगै शपथ लिएका कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी केही दिनअघि पाएका थिए। खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन्।

गण्डकीमा मुख्यमन्त्रीको जिम्मेवारी पाएपछि कृष्णचन्द्र नेपालीलाई कसलाई कुन मन्त्री दिने भन्ने कुरामै अन्यौलता सिर्जना भएको छ । आफूलाई चित्त बुझ्दो मन्त्रालय नपाए सरकारबाट बाहिरिने धम्की दिइरहेका साझेदार दलका कारण आएको बजेट पनि पारित हुन्न कि भन्ने चिन्ता उनमा छ ।

आज आइतबार बजेटमा छलफल हुने कार्यतालिका छ । विनाविभागीय मन्त्रीहरूले जिम्मेवारी पाएसँग अब बजेट पास गराउन सहज हुने अनुमान छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं