अटेरी नेता नेपाल, फकाउँदै कार्यदल

काठमाडौं– नेकपा एमाले विवाद समाधानको लागि सहमति गर्ने भनिएको आइतबार बिहान ८ बजेको समय यत्तिकै घर्किएको छ ।

बिहान ८ बजे बस्ने भनेको बैठक असन्तुष्ट पक्ष नेपाल–खनाल समूहका कार्यदल सदस्यको अनुपस्थितिका कारण समयमै संचालन हुन नसकेको हो । सहमतिको मस्यौदाका विषयमा नेपाल–खनाल समूह आन्तरिक छलफलमा जुटेपछि ढिला भएको बताइएको छ ।

स्रोतका अनुसार माधव पक्षधर वार्ता टोली सदस्यहरु नेपाल निवास कोटेश्वरमा छन् । उक्त समूहका कार्यदलका नेताहरू सहमतिको लागि हतारमा भएको भएपनि बरिष्ठ नेता नेपाल अहिले नै सहमति गर्ने हतारमा छैनन् । तथापी सहमतिको लागि नेपाल–खनाल समूहका सबै माग पुरा गर्न अध्यक्ष केपी शर्मा ओली तयार भएकाछन् ।

ओली सर्वोच्चमा रहेको मुद्धाको विषयमा मौन बस्ने, पार्टीलाई जेठ २ मा फर्काउने, पूर्व माओवादी पक्षका नेता समेट्दा त्यही अनुपातमा नेपाल–खनाल समूहलाई समेट्ने लगायतमा कुरामा सहमत देखिएको बुझिएको छ ।

बरिष्ठ नेता नेपाल भने अध्यक्ष ओली प्रति शसंकित भएको र उनी संम्मिलिन पाँच दलीय गठबन्धनको अवस्था के हुने भन्ने चिन्तामै हराएका छन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं