Sunday, August 1, 2021

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनालाई

काठमाडौं–ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो।

पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो ।

खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन्। उनले रोड्रिगो डि पलको पासमा उत्कृष्ट गोल गरे। बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन।

ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए। जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं