Sunday, August 1, 2021

बृहत नागरिक आन्दोलनले सिंहदरवारमा धर्ना दिने

काठमाडौं– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने भएको छ । धरानमा आन्दोलन चौथो साता चलिरहँदासमेत सरकारले वार्ताका लागि पहल नगरेको भन्दै नागरिक आन्दोलनले दबाब स्वरूप सिंहदरबारमा धर्ना दिने भएको हो ।

आइतबार बिहान ११ बजे सिंहदरबारमा सशरीर उपस्थित भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्तित्व मेट्नेका विरुद्ध आन्दोलित हुने नागरिक आन्दोलनले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं