Monday, August 2, 2021

१३ लाख ६७ हजारले पाएनन् कोभिसिल्डको दोस्रो मात्रा

काठमाडौं–मुलुकभर कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या २६ लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २६ लाख ११ हजार ८ सय ७ जनाले खोप लगाएका छन् ।

खोपको दुबै मात्रा लगाउनेको संख्या भने जम्मा १० लाख १० हजार ५ सय ९६ पुगेको छ । खोप लगाउने मध्ये कोभिसिल्डको पहिलो मात्रा लिने १८ लाख २८ हजार ४ सय ८४ छन् । कोभिसिल्डको दोस्रो मात्रा लिने ४ लाख ६० हजार ७ सय ३४ छन् । कोभिसिल्ड लगाउने १३ लाख ६७ हजार ७ सय ५० ले अझै दोस्रो मात्रा पाएका छैनन् ।

त्यस्तै भेरोसेल खोप लगाउनेको पहिलो मात्रा ७ लाख ८३ हजार ३ सय २३ पुगेको छ । कोभिसिल्डको तुलनामा भेरोसेलको दोस्रो मात्रा लिनेको संख्या बढी छ । भेरोसेलको दोस्रो मात्रा लिनेको संख्या ५ लाख ५६ हजार ८ सय ६२ छन् । पहिलो मात्रा लिएका मध्ये २ लाख २७ हजार ४ सय ६१ ले दोस्रो मात्राको खोप लगाउन बाँकी छ ।

खोप लगाउनेको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ । बागमतीमा ८ लाख ९२ हजार ८६ जनाले खोपको पहिलो मात्रा लगाएकाछन् । दोस्रो मात्रा लगाउनेको संख्या ५ लाख ७९ हजार ३ सय ४२ छन् । बागमतीमा भेरोसेलको लगाउनेले मध्ये ५१ हजार ७ सय ५२ ले मात्र दोस्रो मात्रा पाउन बाँकी छ ।

तथ्यांक अनुसार सबैभन्दा कम खोप कर्णालीमा पहिलो मात्रा १ लाख ३० हजार ३ सय ३७ ले लगाएकाछन् । कर्णालीमा ३४ हजार ५ सय ६३ ले दोस्रो मात्रा लगाएकाछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं