Sunday, July 25, 2021

‘मुलाको साग’ कांग्रेसमा

काठमाडौं– कलाकार सुरेन्द्र केसी ‘मुलाको साग’ सहित ७० जनाभन्दा बढी कलाकार तथा संस्कृतिकर्मी आज कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरू अधिकांश एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेको बताइएको छ ।

उनीहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले फूलमाला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । कलाकारलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले पार्टी सदस्यताको टिकट समेत कलाकारलाई दिएका थिएका थिए । उनले देश निर्माणमा कलाकारको योगदानको चर्चा गरेका थिए ।

देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा कलाकारलाई पार्टी प्रवेश गराइएको हो । कांग्रेस निकट सांस्कृतिक संघकी महामन्त्री रोशनी केसीले उक्त अवसरमा संस्कृति जोगाउन संघले भूमिका खेलिरहेको बताइन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं