जब प्रधानमन्त्री पत्नी राधिकाले फोन गरिन………


नारायण ढुङ्गाना/अजयकुमार साह (रासस)

धनुषा – उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलकी ३० वर्षीया सुत्केरी बेगम खातुन चार दिनदेखि अस्पतालकै शय्यामा रहेकी एक सहयोगी मनको सहयोग पाएकी छिन्।

उनले प्रधानमन्त्री पत्नी राधिका शाक्यको सहयो पाएकी हुन् । सामान्य मजदुरी गरेर दैनिकी जुटाउने श्रीमान् मोहम्मद समिर नदाफले पैसाको जोहो गर्न गरिएको प्रयास विफल भएपछि शुक्रबार बाध्य भएर मिडियामा गुहार माग्न पुगेकी खातुनको उपचारमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यले तत्कालै चासो देखाएकी हुन् ।

असहाय, असक्त, अभिभावकविहीन तथा बेसहाराको सारथी बन्दै आउनुभएकी शाक्यले व्यक्तिगतरूपमा खर्च व्यहोर्ने आश्वासन दिएर स्थानीय प्रहरीमार्फत पहल गरेकी छिन् । ‘अनलाइमा पढेको र खोजी गर्दा कुरा सत्य भएको पत्ता लागेपछि तत्कालै समस्या समाधानका लागि पहल गर्न लगाएको हुँ’ शाक्इले भनिन्श । शाक्यको सहयोग पछि बेगम घर फर्किएकी छिन् ।

प्राप्त जानकारीअनुसार अस्पताल प्रशासनले नै बाँकी रकम मिनाहा गरिदिएर उहाँलाई घर पठाइएको हो । श्रीमती र बच्चा स्याहार्दै गर्दा आज रासससँगको टेलिफोन कुराकानीमा समिरले भने, ‘मेरो खुशी कति छ भन्ने कुरा कसरी भनौँ, सबैको सहयोगले सुत्केरी ल्याउन पाएँ उहाँहरूलाई धन्यवाद भन्छु ।’

पहिले पैसा माग्ने अस्पताल प्रशासनले समेत अब पैसा पर्दैन जानुस् भनेपछि शुक्रबार जुम्ल्याहा बच्चा र श्रीमतीसहित घर फर्किएको सुनाउने मोहम्मदलाई कसले पैसा ति¥यो भन्नेबारेमा ज्ञान छैन । ‘पैसा सबै भइसक्यो, तपाईँ जानुस् भन्नुभयो, अनि घर हिँडेको’ उनले थपे ।

सुत्केरी बेथा लागेपछि गएको असार १७ गते बेगम अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्मिएपछि असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको तर अस्पताललाई एक लाख १० हजार रुपैयाँ उपचार खर्च बुझाउन नसक्दा चार दिनदेखि उनले शय्या छाड्न पाएकी थिइनन् ।

दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्ने गरेका उक्त परिवारलाई धेरै दिन निषेधाज्ञाका कारण काम नपाएर छाक टार्न मुस्किल परेको थियो ।

कोरोना महामारीबाट प्रभावित भइरहेका बेला अस्पतालको उपचार खर्च जुटाउन नसक्दा उनको परिवारमा दोहोरो पीडा थियो । उता समयमै पैसा सङ्कलन नहुँदा अस्पताललाई तिर्नुपर्ने बिल दैनिक बढिरहेको थियो । समिर पैसा खोज्न चन्दा सङ्कलन गर्दैगर्दा उपचार खर्च मिनाहा गर्ने घोषणाले ठूलो राहत मिलेको समिरले सुनाए ।

आर्या केयर अस्पतालका व्यवस्थापक उज्वल झाले शुरुमा कुनै जानकारी नभए पनि समाचार आएपछि खोजबिन गर्दा गरीब परिवारको मान्छे भएर पैसा मिनाहा गरेको बताए। “आर्थिक अभावमा चन्दा सङ्कलन गरिरहेको थाहा पाएँ, अनि लागेको खर्च छुट गरेर, घर पठाएका हौँ” उनले भने ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं