Wednesday, August 4, 2021

एमालेमा कहाँ अड्कियो सहमति ? आज पनि रित्तै फर्किए कार्यदलका सदस्य

काठमाडौं – नेकपा एमाले भित्रको विवाद समाधानको लागि शनिबार बसेको कार्यदलको बैठक निष्कर्षमा नपुगेरै टुंगिएको छ ।

शनिबार सहमतिमा हस्ताक्षर हुने भनिए पनि सहमतिको घोषणा आइतबार हुने बताएको छ । शनिबार बसेको कार्यदल बैठकले सहमतिलाई अन्तिम अवस्थामा ल्याएको र आइतबार सहमतिमा हस्ताक्षर हुने कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

उनले भने, ‘लगभग सहमतिको अन्तिम निष्कर्षमा आएका छौं । आमकार्यकर्ता र जनतामा सन्देश दिने अवस्थामा आएका छौं । छलफल सकारात्मक छ, आइतबार सुखद समाचार सुन्न पाउनु हुने छ ।’

त्यस्तै कार्यदलका अर्का सदस्य डा.भीम रावलले पनि विभिन्न विषयबस्तुमा छलफल गरेको र छलफल अन्तिम अन्तिम विन्दुमा पुगेको जानकारी दिए । उनले भने, ‘विभिन्न विषयबस्तुमा छलफल गरेको र छलफलको अन्तिम अन्तिम विन्दुमा छौं । सम्भवतः त्यो छलफललाई हामी छिट्टै नै पूरा गरेर निष्कर्षमा पुर्याउछौं ।’

एमालेको एकता गलाउन प्रचण्डको दौडधुप !

Leave a Reply

ताजा खबर

यो पनि पढौं