Saturday, July 24, 2021

थप २१ सय ६९ कोरोना संक्रमित, २२ ले ज्यान गुमाए

काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २१ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार २ सय ५७ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार मुलुकभरमा ६५ सय ३० जनाको पिसिआर परीक्षणबाट १३सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८ सय ८७ जनाको एन्टिजेन परीक्षणबाट ८ सय १६ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ सय ३२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै २२ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं