Saturday, July 24, 2021

एमाले विवाद : सहमति हुने भनेको दिन छलफल बिनै हिँडे असन्तुष्ट समूह

काठमाडौं–आज (शनिबार) सहमतिमा पुग्ने भनिएको एमाले विवाद फेरिन अनिश्चिततामा फसेको छ ।

दिउँसो २ बजे हुने भनेको कार्यदलको बैठक अन्तिम समयमा नेकपाको असन्तुष्ट पक्षका सदस्य छलफलमा नबसेरै बाहिरिए पछि यसले शंका जन्माएको हो । छलफलका लागि अर्थ मन्त्रालयमा भेला भएको दुबै समूहका सदस्य मध्ये नेपाल–खनाल समूहका पाँचै जना सदस्य बिना छलफल बाहिरिएको हुन् ।

उनीहरूले छलफलका लागि तयारी नपुगेको भन्दै बाहिरिएका छन् । स्रोतका अनुसार उनीहरू बरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वरमा पुगेकाछन् ।

नेता नेपाललाई आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटेका थिए । उनले नेता नेपाललाई ओलीसँग सहमति गर्दा धोका हुन सक्ने तर्फ सचेत गराएको बुझिएको छ ।

सहमति गर्दा सर्वोच्च अदालतमा परेको संसद विघटनविरुद्ध तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान ओली पक्षले दोहो¥याएको बुझिएको छ । त्यो कुरामा नेपाल–खनाल समूह सहमत हुन सकेको छैन ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं