Wednesday, August 4, 2021

मुगुमा कांग्रेस अधिवेशनको चहलपहल, सभापतिमा ५ आकांक्षी

मुगु –नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय गरेसँगै जिल्ला देखि पालिका स्तरसम्ममा महाधिवेशनको चहलजहल सुरू भएको छ ।

अधिवेशन मार्फत विभिन्न पदमा आफ्नो दावी गर्न नेता छान्न पार्टीका क्रियाशिल सदस्य जिल्ला भित्रन सुरू गरेकाछन् ।

नेपाली कांग्रेस मुगुका जिल्ला कार्यसमितिका प्रवक्ता लोकेन्द्र शाहीले अधिवेशनका प्रकृयाले तिव्रता पाउँदै गरेको जानकारी दिए । पार्टीको कार्यतालिका अनुसार वडा स्तरीय अधिवेशन साउन १२, पालिका स्तरमा साउन १६ , प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० र जिल्ला स्तरमा साउन २३ मा अधिवेशन गर्ने कार्यतालिका छ ।

प्रवक्ता शाहीका अनुसार मुगुमा जनसंख्याको आधारमा १ क्षेत्र मात्र भएको र क्रियाशिल सदस्य संख्याको आधारमा बढीमा एक पालिकामा एक सय ५० का दरले ४ पालिकाबाट ७ सय देखि ७ सय ५० सम्म सदस्यहरूको सहभागिता रहने अनुमान छ । उनका अनुसार मुगुमा क्रियाशिल सदस्यको संख्या २ हजार ७ सय २५ रहेको छ ।

मुगुमा सभापतिका ५ आकांक्षी

यस पटक मुगुमा सभापतिमा ५ नेताले इच्छा देखाएका छन् । उनीहरूले आफूलाई सभापतिको उम्मेदवारको दावी गरेकाछन् । महासमिति सदस्य मार्फत जिल्ला सभापतिको लागि दावी गर्नुपर्ने भएकोले नेताहरूले अभियान सुरू नगरेको भएपनि सभापतिमा वर्तमान सभापति देखि अघिल्लो अधिवेशनका प्रत्यासी समेत आकांक्षी छन् ।

यस जिल्लामा जिल्ला कार्यसमिति को सभापतीमा वर्तमान पार्टी सभापति खड्क बहादुर शाही, निवर्तमान सभापति ऐन बहादुर शाही, अघिल्लो अधिवेशन का सभापतिका प्रत्यासी पदम बहादुर रावल, उपसभापति खगेन्द्र मल्ल, छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाही समेतको दावी रहने संभावना छ ।

प्रवक्ता शाहीले पार्टीका कार्यकर्ताको सुझावको आधारमा निर्वाचनमा नगएर सर्वसम्मत गराउन प्रयत्न रहने जानकारी दिए । सर्वसम्मत नभएको अवस्थामा जिल्लामा पनि केन्द्रको प्रभाव देखिने निश्चित जस्तै छ ।

पार्टीको पौडल पक्षको पकड रहेको मानिने मुगुमा सभापतिका आकांक्षी ऐन बहादुर शाही पदम बहादुर रावललाई देउवा पक्षका मानिन्छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं