Sunday, August 1, 2021

माओवादीको आरोप, ‘पार्टी खारेजीको माग गर्ने असम्बन्धित व्यक्ति’ स्वार्थी र लालचीले बदनाम गराउने प्रयास

काठमाडौं–नेकपाबाट सिधै एमालेमा मिसिन पुगेका पूर्व माओवादी नेतो माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गर्न पुगे ।

माओवादी केन्द्रले कारवाही गर्दा संसद पद र संसद पद फुस्किए पछि मन्त्री पद समेत गुमाएर आक्रोसित उनीहरूले दल दर्ताको खारेजीको निवेदन दिँदा आफ्नो नामबाट निवेदन दिने हिम्मत भने नगरेको पाइएको छ ।

माओवादी केन्द्रले आफ्नो दल खारेजीको माग गर्ने सरोज बुढाथोकी नामका व्यक्ति भएको जनाएको छ । तर बुढाथोकी दलसँगै कुनै सरोकार नभएका व्यक्ति भएको पार्टीको भनाइ छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले भनेको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रकृया समेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’

उसले यो प्रयासलाई केही अवसरवादी, स्वार्थी र लालचीले पार्टीलाई बदनाम गराउने प्रयास भनेको छ । ‘हाम्रो पार्टी यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ । यस प्रकारका अनधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकाले आइन्दा यसो नगरियोस् भनि आग्रह गर्दछौं ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं