मुगुका ज्येष्ठ नागरिकको चिन्ता, ‘हामीले कोभिसिल्ड नपाउने हो ?’

मुगु – विश्वव्यापी कोरोना महामारीको त्रासमा रहेको बेला कोरोना विरूद्धको खोप आएसँगै सबैमा उत्साह जाग्यो ।

खोपको आधारमा प्राथमिकतामा परेर ६० वर्ष माथिका वृद्धवृद्धाले गत फागुन महिनामै खोप पाउन सुरु गरेका थिए । तर दुई महिना भित्रै खोपको दोस्रो डोज पाइने आशा गरेका मुगुका ज्येष्ठ नागरिक दोस्रो डोज नपाइने हो कि भन्ने चिन्तामा छन् ।

कोभिसिल्ड लगायतका ज्येष्ठ नागरिक चिन्तित हुुनुमा अर्को कारण पनि छ । आफू भन्दा पछाडि भेरोसेल खोप लगाएकाले दुबै डोज पुरा गर्दा आफूले लगाउने कुरा अनिश्चित रहँदा खोपै नपाउने हो कि भन्ने कुराले ज्येष्ठ नागरिक सशंकित भएका हुन ।

जेष्ठ नागरिक गगन मल्लका भन्छन्, ‘स्वास्थ्य कार्यालयबाट भेरोसियल खोप लगाउने जेष्ठ नागरिकहरुले पहिलो र दोस्रो खोप सहजै खोप लगाएको देखेर बाँकी कोभिसिल्ड लगाउने ज्येष्ठ नागरिकहरुले अहिलेसम्म दोस्रो खोप लगाउन नपाउँदा कतै हामी कोभिसिल्ड खोप लगाउने जेष्ठ नागरिक खोप नआपछि खोप त पाउँदैनौकी ? भनेर ज्येष्ठ नागरिक चिन्तित भएका हुन् ।’

मुगुमा पहिलो चरणमा ३ हजार १ सय ५९ ज्येष्ठ नागरिकले खोप लगाएको जिल्ला स्वास्थ कार्यालय मुगुका कोभिड फोकल पर्सन दिपबहादुर रावलले जानकारी दिए । रावलले कभिसिल्डको खोप साउन भित्रै आउने र ज्येष्ठ नागरिकले सहज रूपमा खोप पाउने बताए ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं