Saturday, July 24, 2021

२० जना संक्रमितको मृत्यु, थप २२ सय ३९ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट २० जनाको मृत्यु भएको छ । थप २२ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ७९ पीसीआर परीक्षण र ७ सय ६० एन्टिजेन गरी जम्मा २२ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३ सय १६ रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं