Saturday, July 24, 2021

विश्व बैंकले १० करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने

काठमाडौं – विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले उक्त ऋण सहायता उपलब्ध प्रस्ताव अनुमोदन गरेको हो ।

जसअनुसार विश्व बैंकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि ५ करोड डलर र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउनका लागि ५ करोड डलर ऋण सहायता उपलब्ध गराउनेछ ।

उक्त सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय तथा उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने विश्व बैंकले विश्वास लिएको छ जनाइएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं